Nepal Life

अपर तामाकोशीको हकप्रद २० प्रतिशत मात्रै बिक्री, आवेदन दिने म्याद तीन साता थप

NMB Bank
  • BFIS News
  • 2023 Sep 22 06:25
अपर तामाकोशीको  हकप्रद २० प्रतिशत मात्रै बिक्री, आवेदन दिने म्याद तीन साता थप
United Ajod

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर आवेदन दिने समय थप गरेको छ । असोज ७ गतेसम्म कायम भएको समयलाई करिब तीन साता समय थप गरेको हो ।

Shikhar
Nepal Life
NIMB

भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदनको समय तोकिएको थियो । कम्पनीले सूचना प्रकाशित गर्दै असोज २२ गतेसम्म समय थप गरिएको जनाएको छ । कम्पनीले शेयरधनीलाई १ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो।

कम्पनीले निष्काशन गरेको हकप्रदमा हालसम्म २ लाख तीन हजारले २ करोड २३ लाख कित्ताका लागि मात्रै आवेदन दिए पछि कम्पनीले समय थप गर्ने निर्णय गरेको ह । 

तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ। यसरी १० अर्ब २० करोडका लागि आह्वान गर्दा जम्मा २ अर्ब २३ करोडका लागि मात्रै आवेदन परेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया