Nepal Life

कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला: तीन जना पुर्पक्षमा थुनामा, एक जना धरौटीमा रिहा

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 15:19
कर्णाली विकास बैंकमा ३ अर्ब २० करोडको घोटाला: तीन जना पुर्पक्षमा थुनामा, एक जना धरौटीमा रिहा
United Ajod

काठमाडौं। कर्णाली विकास बैंकमा भएको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढीको अपचलन प्रकरणमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

Shikhar
Nepal Life
NIMB

न्यायाधीश चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले बैंकको करोडौंको घोटालामा संलग्न ठहर गर्दै कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, तत्कालीन कार्यकारी प्रमुख राजेन्द्रवीर राय र वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राख्न आदेश दिएको हो।

त्यस्तै, राष्ट्र बैंकका पूर्व निरीक्षक भुवन बस्नेतलाई भने २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

बैंकको रकममा सुनियोजित अपचलन
तीन जना मुख्य आरोपीमाथि बैंकको रकम अन्य बैंकबाट नगद ल्याएर दाखिला नगरी जनरल लेजरमा अन्य बैंकमा जम्मा भएको देखाउने, अन्तर शाखा कारोबार, रेमिट कारोबार, सुन लोन, नक्कली ऋणी खडा गरी अपचलन गर्ने जस्ता आरोप छन्।

अदालतको निष्कर्षमा हकप्रद सेयर बिक्रीका क्रममा समेत अपचलन गरिएको उल्लेख छ।

बयानपछि ‘हेर्दाहेर्दै’ मा मुद्दा
१६ साउनमा चारै प्रतिवादीको बयान सकिएपछि १७ साउनदेखि मुद्दा ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ भइरहेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ। तीमध्ये २ जनाको मृत्यु भइसकेको छ भने १०३ जना फरार रहेका छन्।

बिगो माग र सीआईबीको अनुसन्धान
सीआईबीको अनुसन्धानअनुसार, रायमाथि २ अर्ब ६३ करोड रुपैयाँ, मिश्रमाथि ८२ करोड, ठकुरीमाथि २४ करोड, र बस्नेतमाथि १० करोड रुपैयाँ बराबरको बिगो र जरिवाना माग गरिएको छ।

अनुसन्धानमा राष्ट्र बैंकका तत्कालीन निरीक्षक बस्नेतको खातामा कर्णाली विकास बैंकबाट १० लाख रुपैयाँ जम्मा भएको देखिएको छ। बैंक गम्भीर संकटमा रहे पनि उनले अवस्था सामान्य रहेको झुटो प्रतिवेदन दिएको सीआईबीको निष्कर्ष छ।

स्थापनाकालदेखि अनियमितता, राष्ट्र बैंकको हस्तक्षेप
२०६६ सालमा स्थापना भएको कर्णाली विकास बैंकमा सुरु देखिनै अनियमितता हुँदै आएको देखिएको छ।

राष्ट्र बैंकले २०८१ पुस १० गते बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसयता उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरी बैंक सञ्चालन भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया