Nepal Life

मेरोमाइक्रोफाइनान्सको नाफा ४८.२९ प्रतिशतले बढ्यो, इपिएस र सञ्चालन मुनाफामा पनि उल्लेखनीय वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Aug 08 10:51
मेरोमाइक्रोफाइनान्सको नाफा ४८.२९ प्रतिशतले बढ्यो, इपिएस र सञ्चालन मुनाफामा पनि उल्लेखनीय वृद्धि
United Ajod

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

Shikhar
Nepal Life
NIMB

आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको १४ करोड ५७ लाख रुपैयाँभन्दा ४८.२९ प्रतिशतले बढी हो।

लघुवित्तको खुद ब्याज आम्दानी १९.१३ प्रतिशतले वृद्धि भएर नाफा बढेको हो। यस्तै, खुद फि तथा कमिशन आम्दानी पनि १.२३ प्रतिशतले बढेको छ। संस्थाको कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशतले र सञ्चालन मुनाफा ५३.४८ प्रतिशतले बढेको देखिएको छ।

नाफाको वृद्धिसँगै प्रतिशेयर आम्दानी (EPS) मा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा EPS ४ रुपैयाँ १९ पैसाले बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। गत असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा पुगेको छ।

संस्थाको मूल्य आम्दानी अनुपात (P/E Ratio) ५५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको छ।

१ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको मेरोमाइक्रोफाइनान्सको जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी सापटीबाट १५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थाको वित्तीय सूचकहरू सकारात्मक देखिएसँगै आगामी दिनमा पनि अझ राम्रो नतिजा ल्याउने अपेक्षा गर्न सकिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया