Nepal Life

सानिमा बैंकले नगद लाभांश र निष्क्रिय खाताको रकम दाबी गर्न शेयरधनीलाई आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Aug 08 12:44
सानिमा बैंकले नगद लाभांश र निष्क्रिय खाताको रकम दाबी गर्न शेयरधनीलाई आग्रह
United Ajod

काठमाडौं । सानिमा बैंक लिमिटेडले (SANIMA) शेयरधनी तथा ग्राहकलाई अघिल्ला आर्थिक वर्षका बाँकी रहेको नगद लाभांश र निष्क्रिय खातामा रहेको रकम दाबी गर्न आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले सार्वजनिक सूचना जारी गर्दै गत पाँच आर्थिक वर्षको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई आवश्यक कागजातसहित सानिमा क्यापिटल लिमिटेड, नक्सालमा उपस्थित हुन अनुरोध गरेको हो। बैंकका अनुसार तोकिएको समयसीमा भित्र नगद लाभांश नलिएमा प्रचलित कानुनबमोजिम उक्त रकम सरकारको तोकिएको कोषमा जम्मा गरिनेछ।

यससँगै, बैंकले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका विभिन्न खातामा अझै पनि रकम बाँकी रहेको जनाएको छ। ती खाताका जम्मा कर्ता वा हकदारलाई सम्बन्धित शाखामा उपस्थित भई परिचय पत्र तथा आवश्यक कागजातसहित आफ्नो रकम दाबी गर्न बैंकले आग्रह गरेको छ।

सानिमा बैंकले नगद लाभांश नलिएका शेयरधनी तथा १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय खातामा बाँकी रकम भएका जम्मा कर्ताको नामसूची बैंकको आधिकारिक वेबसाइटमा प्रकाशित गरेको छ। हाल बैंकको शेयर मूल्य प्रतिशेयर ३६९.५७ रुपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया