Nepal Life

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूको लक–इन अवधि समाप्तिको सूचना सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2025 Aug 08 12:53
रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूको लक–इन अवधि समाप्तिको सूचना सार्वजनिक
United Ajod

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले धारण गरेको सेयरको लक–इन अवधि भाद्र २७ गतेबाट समाप्त हुने सूचना प्रकाशित गरेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल धितोपत्र बोर्ड (SEBON) ले जारी गरेको नयाँ निर्देशिका अनुसार, रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयले धारण गरेको सेयरको लक–इन अवधि भाद्र २७, २०८२ मा समाप्त हुने सूचना लगानीकर्ता तथा सरोकारवालाहरूसँग आधिकारिक रूपमा साझा गरेको हो।

हाल कम्पनीका ६ करोड ८४ लाख २१ हजार सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन्। कुल सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयले ६ लाख ८४ हजार २ सय सेयर धारण गरेका छन्, जुन सेयरहरू आईपीओ वितरण पछि तीन वर्षदेखि लक–इनमा थिए।

सूचनामा उल्लेख अनुसार, संचालक समिति र उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरूले धारण गरेका सेयरहरू लक–इन अवधि समाप्त भएपनि कारोबार गर्न नपाइने व्यवस्था जारी रहनेछ।

सूचना प्रकाशित भएको दिन कम्पनीको सेयर मूल्य रु. ३२६.१० मा बन्द भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया