Nepal Life

कृषि विकास बैंकको नाफा ४८.८८ % ले वृद्धि, प्रतिशेयर आम्दानी २७ रुपैयाँबाट १८ प्रतिशत लाभांश दिन सक्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 10 21:47
कृषि विकास बैंकको नाफा ४८.८८ % ले वृद्धि, प्रतिशेयर आम्दानी २७ रुपैयाँबाट १८ प्रतिशत लाभांश दिन सक्ने
United Ajod

काठमाडौं, साउन २५ गते। कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको २ अर्ब ५७ करोड १५ लाख रुपैयाँको तुलनामा ४८.८८ प्रतिशतले बढी हो।

बैंकको खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले र फी तथा कमिशन आम्दानी ७.२१ प्रतिशतले घटे पनि इम्पेरमेन्ट चार्जमा आएको ठुलो कमीका कारण खुद नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज २ अर्ब ४५ करोड रुपैयाँबाट घटेर १० करोड रुपैयाँमा झरेको छ। साथै, बैंकको खराब कर्जा पनि ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ।

कुल सञ्चालन आम्दानी १.८४ प्रतिशतले घट्दा पनि सञ्चालन मुनाफा भने ४१.२९ प्रतिशतले वृद्धि भएको छ, जसले समग्र नाफा वृद्धिमा टेवा दिएको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो त्रैमासको तुलनामा ९ रुपैयाँ ७ पैसाले वृद्धि भई यो रकम २७ रुपैयाँ ६३ पैसा पुगेको छ। यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) ११.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको छ।

बैंकले असार मसान्तसम्ममा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। सोही अनुसार बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ छ भने जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया