Nepal Life

मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी १०.७१ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Aug 11 12:58
मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी १०.७१ रुपैयाँ
United Ajod

काठमाडौं।  मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा उल्लेख्य रूपमा घटाउन सफल भएको छ। आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्ष ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर बैंकले यसलाई ०.२८ प्रतिशतमा सीमित पारेको हो। धेरैजसो विकास बैंकहरु खराब कर्जाको दबाबमा रहँदा, मितेरी बैंकले यस क्षेत्रमा सुधार गर्दै आफूलाई अब्बल सावित गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्षको १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। तर, खुद सञ्चालन आम्दानी भने ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ।

१ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख रुपैयाँ र रिजर्भ ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य मुनाफा पनि १५ करोड ६१ लाख रुपैयाँ कायम भएको छ, जसअनुसार बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत पुगेको विवरणमा उल्लेख छ।

चौथो त्रैमाससम्म बैंकले १३ करोड ४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशत कम हो। अघिल्लो वर्षको चौथो त्रैमासमा २५ करोड ९७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घटेर २० करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। बैंकका अनुसार पछिल्लो समय ब्याजदर घटेकाले ब्याज आम्दानीमा कमी आएको हो।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १०.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत रहेको विवरणमा जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया