Nepal Life

सिटिजन बैंकको मुनाफा एक अर्ब २९ करोड, नाफाबाट शेयरधनीले ५ रुपैयाँ २५ पैसा लाभांश पाउन सक्ने 

NMB Bank
  • BFIS News
  • 2025 Aug 11 13:42
सिटिजन बैंकको मुनाफा एक अर्ब २९ करोड, नाफाबाट शेयरधनीले ५ रुपैयाँ २५ पैसा लाभांश पाउन सक्ने 
United Ajod

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले २०७८/७९ को चौथो त्रैमाससम्ममा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा आर्जन गरिएको १ अर्ब ३२ करोड रुपैयाँ नाफाको तुलनामा २.०८ प्रतिशत कम हो।

बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशतले र फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशतले वृद्धि भए पनि खराब कर्जा बढेका कारण सञ्चालन मुनाफा र खुद नाफामा कमी आएको हो। समीक्षाअवधिमा बैंकको कुल सञ्चालन आम्दानी १५.१३ प्रतिशतले बढ्दा पनि सञ्चालन मुनाफा भने २.३२ प्रतिशतले घटेको छ।

खराब कर्जा अनुपात ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। यसैसँगै बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। यही कारणले बैंकको आम्दानी बढेपनि सञ्चालन नाफा र खुद नाफामा गिरावट आएको हो।

खुद नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। अघिल्लो वर्षको तुलनामा १९ पैसा घटेर हाल कम्पनीको वार्षिक EPS ८ रुपैयाँ ७६ पैसा पुगेको छ। समीक्षाअवधिमा बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) २६.०६ गुणा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ।

असार मसान्तसम्ममा बैंकले ७७ करोड ५४ लाख रुपैयाँ वितरणयोग्य नाफा संकलन गरेको छ। सोही आधारमा वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरिएको छ। समीक्षाअवधिमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दै १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया