Nepal Life

एशियन लाइफको माबिलुङ्ग इनर्जीको आइपिओ निष्काशन, दोस्रो बजारमा पहिलो दिनमै ३०७ रुपैयाँमा कारोबार सुरु हुने

NMB Bank
  • BFIS News
  • 2025 Aug 11 14:15
एशियन लाइफको माबिलुङ्ग इनर्जीको आइपिओ निष्काशन, दोस्रो बजारमा पहिलो दिनमै ३०७ रुपैयाँमा कारोबार सुरु हुने
United Ajod

काठमाडौं, साउन २६। माबिलुङ्ग इनर्जी लिमिटेडले आज (२०८२ साउन २६ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) खुला गरेको छ। कम्पनीले कुल १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमार्फत जारी गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको पछिल्लो लेखापरीक्षण अनुसार यसको प्रतिशेयर नेटवर्थ १०५.९० रुपैयाँ रहेको छ। धितोपत्र बोर्डको नियम अनुसार दोस्रो बजारमा सूचीकृत भएसँगै पहिलो कारोबार न्यूनतम नेटवर्थ बराबर अर्थात् १०५.९० रुपैयाँ र अधिकतम तीन गुणासम्म अर्थात् ३०७ रुपैयाँमा खुल्न सक्छ। यदि पहिलो दिनमै अधिकतम मूल्यमा म्याचिङ भयो भने माबिलुङ्ग इनर्जीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँमा कारोबार हुनेछ। अझै, सो दिन सर्किट लागेमा मूल्य ३४९ रुपैयाँसम्म पुग्न सक्छ।

जलविद्युत् आयोजना र लागत

माबिलुङ्ग इनर्जीले ४.९५ मेगावाट क्षमताको पिलुवा खोला–३ जलविद्युत आयोजना निर्माण गरिसकेको छ। आयोजनाको कुल लागत एक अर्ब १३ करोड अनुमान गरिएको छ, जसअनुसार प्रति मेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ पर्दछ।

आइपिओ निष्काशनपछि कम्पनीको कुल चुक्ता पूँजी ३८ करोड ५८ लाख रुपैयाँ पुग्नेछ। जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १८,९०,५३० कित्ता शेयर सार्वजनिक निष्काशन गरिनेछ।

त्यसमध्ये: ३,८५,८२४ कित्ता शेयर संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं ५–९ र चैनपुर नगरपालिका वडा नं २,३,७,८,९ मा स्थायी बसोबास गर्ने आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई बिक्री गरिएको थियो। सर्वसधारण समुहको १५,०४,७०६ कित्ता शेयर मध्ये १,५०,४७१ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि,   ३०,०९५ कित्ता कम्पनीका कर्मचारीका लागि,   ७५,२३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स तथा यससँग सम्बन्धित संस्थापकहरुको लगानी रहेको छ। सीमित शेयर आपूर्ति, तुलनात्मक रूपमा उच्च मूल्यांकन, र जलविद्युत परियोजनाबाट भविष्यमा लाभांश प्राप्तिको अपेक्षाले गर्दा माबिलुङ्ग इनर्जीको शेयरले राम्रो मूल्य बनाउन सक्ने कम्पनीको विश्वास छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया