Nepal Life

माबिलुङ्ग इनर्जीको आइपिओमा पहिलो दिनमै ६ गुणाले ओभर सब्सक्राइब, ६ लाख ६४ हजारले दिए आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Aug 11 17:39
माबिलुङ्ग इनर्जीको आइपिओमा पहिलो दिनमै ६ गुणाले ओभर सब्सक्राइब, ६ लाख ६४ हजारले दिए आवेदन
United Ajod

काठमाडौं। माबिलुङ्ग इनर्जी लिमिटेडको आइपिओमा पहिलो दिनमै ६ गुणा बढिको आवेदन परेको छ। कम्पनीले आजदेखि निष्काशन गरेको प्राथमिक शेयरमा ६ लाख ६४ हजारले ७५ लाख २७ हजार कित्ताका लागि आवेदन परेको हो। कम्पनीले सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर जारी गरेको छ। ७५ करोड २७ लाख ५२ हजार रुपैयाँको आवेदन परेको हो।

Shikhar
Nepal Life
NIMB

न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको निष्काशन अव साउन २९ गतेसम्म मात्रै खुला रहनेछ। 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

माबिलुङ इनर्जीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ छ। प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र छुट मूल्यमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहने अनुमान गरिएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया