Nepal Life

नबिल बैंकको मुनाफा ७ अर्ब १२ करोड रुपैयाँ नाघ्यो, इपिएस २६ रुपैयाँ, शेयरधनीलाई १७ प्रतिशतसम्म वितरण गर्न मिल्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 12 11:09
नबिल बैंकको मुनाफा ७ अर्ब १२ करोड रुपैयाँ नाघ्यो, इपिएस  २६ रुपैयाँ, शेयरधनीलाई १७ प्रतिशतसम्म वितरण गर्न मिल्ने
United Ajod

काठमाडौं, साउन २७ – नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, बैंकले सो अवधिमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशतले वृद्धि भएको हो।

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु वर्षमा उल्लेख्य लाभ गर्दै ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको हो। नाफा वृद्धि हुनुमा मुख्यतः इम्पेरमेन्ट चार्ज (ऋण क्षतिपूर्ति प्रावधान) मा आएको कमी प्रमुख कारण भएको बैंकले जनाएको छ।

बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशतले वृद्धि भई सञ्चालन मुनाफा २५.४४ प्रतिशतले बढेर ११ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेपछि नाफामा सकारात्मक असर परेको हो।

हाल नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित रहेको छ। असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी (DPS) १७ रुपैयाँ ६४ पैसा रहेको छ। यससँगै प्रतिशेयर आम्दानी (EPS) पनि ३ रुपैयाँ ४४ पैसाले बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ।

अन्त्यमा, बैंकको मूल्य आम्दानी अनुपात (P/E ratio) २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको विवरणमा उल्लेख गरिएको छ। नबिल बैंकको यो वित्तीय प्रगति लगानीकर्ताहरूमाझ सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया