Nepal Life

बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूसँग अन्तरक्रिया, अधिकारको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

NMB Bank
  • BFIS News
  • 2023 Sep 22 12:45
बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूसँग अन्तरक्रिया, अधिकारको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन् । 

Shikhar
Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरणबाट यही २०८० साल असोज ४ गते बिहिबार बीरगञ्जमा आयोजित बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ, कानून, नियम, निर्देशिका र निर्देशनहरू पूर्णरुपमा पालना गर्नुपर्छ, कानून, नियम, निर्देशिका विपरित कार्य गरेमा अबको कारवाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला ।”
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बीमा निर्जीवन बीमामा मात्र नभई जीवन बीमामा समेत पाइएको उल्लेख गर्दै उधारो बीमा नगर्न र बीमितिको विश्वास जित्नेगरी काम गर्न बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए । 

कार्यक्रममा बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बीमा अभिकर्ता एक बीमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बीमामा उच्च र न्यून जोखिम दुबैलाई एकै किसिमको बीमादर रहेको गुनासो रहेको, जीवन बीमालेखबाट बीमा कर्जा लिन कठिन भएको, लघुबीमामा टिकट दस्तूर बढी भएको, लघूबीमामा नयाँ बीमालेखको अभाव देखिएको लगायतका धारणा राखेका थिए । 

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा अभिकर्ताको क्थकतझ निर्माणको क्रममा रहेको जानकारी दिदै प्राधिकरणबाट जारी निर्देशिका बमोजिम काम गर्न निर्देशन दिए । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले संचालन गर्नुभएको कार्यक्रममा रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नाराण बाबु लोहनी, नेको इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रदेश र शाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया