Nepal Life

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सागर डिष्टिलरीको आईपीओ बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2025 Aug 13 10:17
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सागर डिष्टिलरीको आईपीओ बिक्री खुला
United Ajod

काठमाडौं।  सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज साउन २८ गतेदेखि बिक्री खुला गरेको छ।

Shikhar
Nepal Life
NIMB

७२ करोड ६० लाख रुपैयाँ जारी पूँजी रहेको कम्पनीले त्यसको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्न पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त गरेका नेपालीका लागि छुट्याइएको हो।

यो आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि भदौ ११ गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ। आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया