Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफालाई सञ्चित गर्ने, लाभांश वितरण नगर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 13 10:45
सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफालाई सञ्चित गर्ने, लाभांश वितरण नगर्ने
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले आईपीओ जारी गर्दा संकलन गरिएको प्रिमियम रकम र जगेडा कोषलाई सुरक्षित राख्ने नीति अनुरूप लाभांश नदिने निर्णय लिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले मुनाफाबाट मात्र लाभांश वितरण गर्ने नीति लिएको बताइएको छ। यसैअनुसार, साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने र सो वर्षमा लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि मात्रै कम्पनीले वार्षिक साधारणसभा आह्वान गर्न सक्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया