Nepal Life

लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले बढ्यो, खुद नाफा ४ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 10:54
लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले बढ्यो, खुद नाफा ४ अर्ब नाघ्यो
United Ajod

काठमाडौं, साउन २९ – लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ९२ करोड रुपैयाँको तुलनामा ४०.९७ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्जमा आएको उल्लेखनीय कमीले गर्दा बैंकको नाफामा सकारात्मक असर परेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी भने १०.०५ प्रतिशतले बढेको छ।

यता, बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशतले घटेको देखिए पनि सञ्चालन मुनाफा भने ३८.५५ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ३ अर्ब ५८ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएपछि बैंकको सञ्चालन मुनाफा र त्यसअनुसार खुद नाफा पनि उल्लेखनीय रूपमा बढेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि वृद्धि भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसाले वृद्धि भई १६ रुपैयाँ ९१ पैसामा पुगेको छ। सोही अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) १४.१२ गुणा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको यो प्रदर्शन हालको आर्थिक चुनौतीका बीच पनि उत्साहजनक मानिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया