Nepal Life

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, ५ भाग्यमानीले पाए ११ कित्ता शेयर

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 11:05
दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, ५ भाग्यमानीले पाए ११ कित्ता शेयर
United Ajod

काठमाडौं।  दरमखोला हाइड्रोपावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आज गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको आइपीओमा आवेदन दिने २ लाख ४२ हजार ३१८ जनाले प्रत्येकी १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये ५ भाग्यमानीले थप १ कित्ता पाई कुल ११ कित्ता शेयर हात पारेका छन्।

कुल २२ लाख ९६ हजार ४६५ आवेदन मध्ये २२ लाख ८३ हजार २२६ आवेदन मात्र मान्य भएको छ भने १३ हजार २३९ आवेदन रद्द भएका छन्।

दरमखोला हाइड्रोपावरले साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता, कुल २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरका शेयर निष्काशन गरेको थियो।

आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया