Nepal Life

नेपाल बैंक लिमिटेडले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमायो, शेयरधनीलाई हाता लाग्यो शुन्य

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 11:06
नेपाल बैंक लिमिटेडले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमायो, शेयरधनीलाई हाता लाग्यो शुन्य
United Ajod

काठमाडौं – नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, बैंकले समीक्षावधिमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले अघिल्लो वर्षको तथ्याङ्क पुनःसंशोधन गरेपछि नाफा वृद्धिदर उल्लेख्य देखिएको हो। अघिल्लो वर्ष प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १ अर्ब ६५ करोड रुपैयाँ थियो। तर, हाल संशोधित विवरणमा उक्त नाफा घटेर २ करोड ८४ लाख रुपैयाँ मात्र देखिएको छ। यसले गर्दा बैंकको नाफा वृद्धिदर १३ हजार १७५ प्रतिशत पुगेको देखिन्छ।

खुद नाफामा आएको यो ठूलो अन्तरको मुख्य कारण भनेको इम्पेयरमेन्ट चार्जको तथ्याङ्कमा आएको परिवर्तन हो। अघिल्लो वर्ष प्रकाशित विवरणमा बैंकको २०८१ सालको असार मसान्तसम्मको इम्पेयरमेन्ट चार्ज २ अर्ब ५९ करोड रुपैयाँ थियो। तर, अहिले सार्वजनिक गरिएको विवरणअनुसार, सोही अवधिमा इम्पेयरमेन्ट चार्ज ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको वित्तीय विवरणमा व्यापक प्रभाव परेको हो।

समीक्षा अवधिमा बैंकको विभिन्न आम्दानीमा समेत वृद्धि देखिएको छ। बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेको छ भने फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशतले बढेको छ। यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि १५.६५ प्रतिशतले वृद्धि भएको छ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बैंक लिमिटेडको जगेडा कोषमा हाल २३ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ खर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यद्यपि सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया