Nepal Life

माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 11:22
माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं।  माबिलुङ्ग इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (साउन २९) अन्तिम दिन भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले साउन २६ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त अनुसार कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न पाउने स्वीकृति पाएको हो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिसकिएको छ।

दोस्रो चरणमा कम्पनीले १३ लाख ५४ हजार २३५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्तामा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इश्यूअर रेटिङ्ग सिङ्गल बी प्लस’ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ।

माबिलुङ्ग इनर्जीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ छ। प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको यो आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी छ। साधारण लगानी फिर्ता अवधि ९.४३ वर्ष र डिस्काउण्टेड फिर्ता अवधि १७.०९ वर्ष रहने अनुमान गरिएको छ।

यस आईपीओको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया