Nepal Life

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा लक्ष्मीसनराइज क्यापिटल

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 18:55
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा लक्ष्मीसनराइज क्यापिटल
United Ajod

काठमाडौं। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।

Shikhar
Nepal Life
NIMB

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले हस्ताक्षर गरेका हुन्। 

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले निर्जीवन लघुबीमा कम्पनीको हैसियतले मिति २०८०/०२/०८ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी मिति २०८०/०३/३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आईरहेको छ ।

बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि.न्यून आय भएका सीमान्तकृत वर्गका व्यक्तिलाई बीमा सेवा प्रदान गर्दै तथा बीमाको सहज पहुँच दिलाइ आर्थिक जोखिमहरू व्यवस्थापन गर्न र अप्रत्याशित घटनाहरू विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न सहायता पुर्याउदै आएको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. ले आफनो लक्षित वर्गको आवश्यकता र आकांक्षाहरुलाई पुरा गर्न विविध लघुबीमालेखहरु मार्फत पहुँच योग्य निर्जीवन बीमा विकल्पहरू उपलब्ध गराउदै आएको छ । हाल कम्पनीले सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयहरु मार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया