Nepal Life

एनएलजी इन्स्योरेन्सको नाफा, बीमाशुल्क र बीमा कोषमा उल्लेखनीय वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 04:29
एनएलजी इन्स्योरेन्सको नाफा, बीमाशुल्क र बीमा कोषमा उल्लेखनीय वृद्धि
United Ajod

काठमाडौं, साउन ३० – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीको प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आवको तुलनामा ९.६६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै, बीमाशुल्क आर्जनमा पनि उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आवमा ६४ करोड ५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ४६.६२ प्रतिशतको वृद्धि गर्दै ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको हो।

वित्तीय विवरणअनुसार कम्पनीको बीमा कोषको आकार पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा यस वर्ष बीमा कोष १८.६४ प्रतिशतले बढ्दै ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

एनएलजी इन्स्योरेन्सको यो वित्तीय प्रगति कम्पनीको व्यवस्थापन क्षमता, बीमितहरूको विश्वास र बजार विस्तारमा देखिएको सफलताका संकेतको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया