Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ६४.४४% ले बढ्यो, वितरणयोग्य मुनाफा धनात्मक

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 11:37
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ६४.४४% ले बढ्यो, वितरणयोग्य मुनाफा धनात्मक
United Ajod

काठमाडौं, ३० साउन। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै नाफा, सञ्चिति र पूँजी पर्याप्तता दरमा उल्लेखनीय सुधार गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब ११ करोड रुपैयाँभन्दा ६४.४४ प्रतिशतले बढी हो। यसले वार्षिक प्रतिशेयर आम्दानी (EPS) १९.८० रुपैयाँ पुर्‍याएको छ, जुन गत वर्षको चौथो त्रैमासमा १२.०४ रुपैयाँ मात्र थियो।

सञ्चालन नाफा ५८.६७ प्रतिशतले बढ्दै १० अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यसमा ऋण ह्रासको व्यवस्था (impairment charges) ८८.७६ प्रतिशतले घटेर ५ अर्ब ११ करोड रुपैयाँबाट ५७ करोड ४४ लाख रुपैयाँमा सीमित हुनु महत्वपूर्ण कारण हो। यद्यपि, खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १३ करोड रुपैयाँमा झरेको छ भने कर्मचारी खर्च १६.१० प्रतिशत बढ्दै ४ अर्ब ३८ करोड रुपैयाँमा पुगेको छ।

ब्यालेन्ससिटतर्फ, निक्षेप १७.०९ प्रतिशतले बढ्दै ४७२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा अग्रिम ७.०२ प्रतिशतले बढेर ३२६ अर्ब ९३ करोड रुपैयाँमा पुगेको छ। बैंकको सञ्चिति ३.१७ प्रतिशतले बढ्दै ३२ अर्ब ७४ करोड रुपैयाँमा पुगेको छ।

पूँजी पर्याप्तता दर (Capital Adequacy Ratio) १२.९७ प्रतिशतबाट सुधार हुँदै १३.७३ प्रतिशतमा पुगेको छ भने कोषको लागत (Cost of Funds) ५.८७ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा आएको छ। तर, खराब कर्जा (NPL) ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशतमा पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ ११.९५ प्रतिशतले बढ्दै १९७.३८ रुपैयाँमा पुगेको छ। त्रैमासको अन्त्यमा बैंकको मूल्य-आर्जन अनुपात (P/E Ratio) ११.६७ रहँदा प्रतिशेयर बजार मूल्य २३१.०२ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया