Nepal Life

गरिमा विकास बैंकको मुनाफा २०१ प्रतिशतले बृद्धि, हेर्नुहोस् हरेक सूचकमा अव्बल

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 11:54
गरिमा विकास बैंकको मुनाफा २०१ प्रतिशतले बृद्धि, हेर्नुहोस् हरेक सूचकमा अव्बल
United Ajod

काठमाडौं, ३० साउन। गरिमा विकास बैंक लिमिटेडले आ.व. २०८१/८२ को चौथो त्रैमासको लागि वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले उल्लेखनीय रुपमा वित्तीय प्रदर्शनमा सुधार गर्दै १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिमा रहेको ४३ करोड ३९ लाख रुपैयाँ नाफाको तुलनामा २०१.९७% ले वृद्धि हो।

Shikhar
Nepal Life
NIMB

बैंकको खुद ब्याज आम्दानी ९.९१% ले बढ्दै ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

जम्मा निक्षेप ६.९६% ले बढ्दै ९० अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा लगानी ७.३२% ले बढ्दै ६९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९५.५८% को वृद्धि हो।

यस अवधिमा कर्जा तथा लगानीमा हुने ह्रास (Impairment Charges) ६८.५६% ले घट्दै ५३ करोड ७९ लाख रुपैयाँमा झरेको छ, जसले बैंकको कुल नाफामा उल्लेखनीय सहयोग गरेको देखिन्छ।

प्रमुख वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। बैंकको पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १३.४७% पुगेको छ भने गैर-सञ्चलनशील कर्जा अनुपात (NPL) ४.८५% बाट घटेर ४.७२% मा झरेको छ। कोषको लागत (Cost of Funds) ६.६४% बाट घटेर ४.८४% मा आएको छ।

बैंकको वार्षिक आय प्रति सेयर (EPS) २३.०७ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेट वर्थ १६४.१७ रुपैयाँ रहेको छ। गरिमा विकास बैंकको चौथो त्रैमासिक नतिजाले बैंकको वित्तीय सुदृढता र भविष्यको सम्भावना प्रति लगानीकर्ताहरूलाई सकारात्मक संकेत दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया