Nepal Life

नेपाल इन्स्योरेन्सको बीमा शुल्क र नाफामा उल्लेखनीय वृद्धि, प्रतिशेयर आम्दानी १६ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 12:36
नेपाल इन्स्योरेन्सको बीमा शुल्क र नाफामा उल्लेखनीय वृद्धि, प्रतिशेयर आम्दानी १६ रुपैयाँ
United Ajod

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले बीमा शुल्क आर्जन, नाफा र अन्य प्रमुख वित्तीय सूचकहरूमा उत्साहजनक प्रगति हासिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

चुक्ता पुँजी हकप्रद सेयरमार्फत विस्तार गरिरहेको कम्पनीले हालसम्म जगेडा कोषमा १६ करोड २२ लाख रुपैयाँ, अन्य इक्विटीमा १० करोड २९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १२ लाख रुपैयाँ तथा स्पेसल रिजर्भमा एक अर्ब ४९ करोड रुपैयाँ सञ्चित गरेको छ। यी सञ्चितीहरूमार्फत कम्पनीको जोखिम वहन क्षमतामा मजबुत आधार देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले कुल १ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा सामान्य वृद्धि हो। त्यस्तै, खुद बीमा शुल्क आर्जन ९५ करोड ५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७१ करोड ३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

मुनाफातर्फ पनि कम्पनीले प्रगति गरेको छ। चालु आर्थिक वर्षको समीक्षामा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, भने अघिल्लो वर्ष सोही अवधिमा ३० करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको प्रति शेयर आम्दानी (EPS) १६ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३८.५५ गुणा रहेको छ। प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८८ पैसा पुगेको छ।

देशकै पुराना बीमा कम्पनीमध्ये एक नेपाल इन्स्योरेन्सको यो वित्तीय प्रगति कम्पनीको व्यवस्थापन क्षमता र बजारमा भएको सशक्त उपस्थिति दर्शाउने संकेतको रूपमा लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया