Nepal Life

शिखर इन्स्योरेन्सको मुनाफा ४५ करोड, प्रतिशेयर आम्दानी १५.४९ रुपैयाँ, दाबी भुक्तानीमा अगाडी

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 13:35
शिखर इन्स्योरेन्सको मुनाफा ४५ करोड, प्रतिशेयर आम्दानी १५.४९ रुपैयाँ, दाबी भुक्तानीमा अगाडी
United Ajod

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ४५ करोड २७ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ४४ करोड ५३ लाख रुपैयाँ मुनाफाभन्दा थोरै बढी हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले समीक्षावधिमा कूल ५ अर्ब ७० करोड २६ लाख ३८ हजार ५८० रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ७९ करोड रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो।

यस वर्ष कम्पनीले बीमितलाई ३ अर्ब ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यो रकम २ अर्ब २४ करोड रुपैयाँ मात्र थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेका अनुसार प्राकृतिक विपद्का कारण उच्च मात्रामा दाबी भुक्तानी गर्नु परेकाले मुनाफामा अपेक्षित वृद्धि गर्न नसकिएको हो। उनका अनुसार दैवी विपत्तिको बेला बीमितलाई राहत दिने कामलाई कम्पनीले प्राथमिकता दिएको छ।

"दुखदको समयमा नाफा भन्दा पनि विपद्मा राहत पुर्‍याउनु मुख्य उद्देश्य हो," उनले बताए। कम्पनीले विपद्का समयमा छिटोभन्दा छिटो दाबी भुक्तानी सम्पन्न गर्ने कार्यमा सफलता पाएको समेत सीईओ पाण्डेले जानकारी दिए।

शिखर इन्स्योरेन्सले यस वर्ष लघु बीमाको तुलनामा अन्य बीमा क्षेत्रमा व्यवसाय विस्तार गरेको छ। कूल २ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १५.४९ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १९८.९७ रुपैयाँ रहेको छ।

कम्पनीले सोल्भेन्सी मार्जिन ३.६७ कायम राख्दै नियामकीय आवश्यकताअनुसारको वित्तीय स्थायित्व कायम गर्न सफल भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया