Nepal Life

राष्ट्रिय स्तरका विकास बैंकहरूले कमाए ५ अर्ब ६० करोड नाफा, मुक्तिनाथ र गरिमाको उच्च प्रदर्शन

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 15:10
राष्ट्रिय स्तरका विकास बैंकहरूले कमाए ५ अर्ब ६० करोड नाफा, मुक्तिनाथ र गरिमाको उच्च प्रदर्शन
United Ajod

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकहरूले आर्थिक वर्ष २०८१/०८२ मा ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय विकास बैंकहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा २२.०१ प्रतिशतले बढी नाफा कमाएका हुन्।

Shikhar
Nepal Life
NIMB

अघिल्लो वर्ष २०८०/०८१ मा ती बैंकहरूको संयुक्त नाफा ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ थियो। यो वर्ष सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक अगाडि देखिएको छ। बैंकले ३०.८० प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ थियो।

त्यस्तै, गरिमा विकास बैंक नाफा वृद्धिमा सबैभन्दा अगाडि रहेको छ। समीक्षाको अवधिमा बैंकको नाफा २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा भने ०.४८ प्रतिशतले वृद्धि भई ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ।

यस्तै, महालक्ष्मी विकास बैंकले १.२६ प्रतिशत नाफा वृद्धि गर्दै ५० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ। समग्रमा, राष्ट्रिय विकास बैंकहरूले विगत वर्षको तुलनामा उत्साहजनक आर्थिक प्रदर्शन गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया