Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १९ अर्ब नाघ्यो, सम्पुर्ण सूचकमा उल्लेख्य सुधार

NMB Bank
  • BFIS News
  • 2025 Aug 16 21:38
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १९ अर्ब नाघ्यो, सम्पुर्ण सूचकमा उल्लेख्य सुधार
United Ajod

काठमाडौँ, ३० साउन २०८२। गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणअनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ। कम्पनीका अधिकांश वित्तीय सूचकहरू सकारात्मक लयमा रहेकाले कम्पनी अब्बल देखिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ७.६० प्रतिशतले वृद्धि भई ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले सोही अवधिमा ३५ करोड ८ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

त्यस्तै, जीवन बीमा कोषको आकार उल्लेखनीय रुपमा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको जीवन बीमा कोष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३४.६० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो कोष १४ अर्ब ३३ करोड ७० लाख रुपैयाँ थियो।

कम्पनीको खुद बीमा शल्क आर्जनमा पनि राम्रो वृद्धि देखिएको छ। चौथो त्रैमाससम्ममा खुद बीमा शल्क ५ अर्ब ८६ करोड रुपैयाँबाट १५.२९ प्रतिशतले बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

उक्त अवधिमा कम्पनीको कुल आम्दानी १५.४९ प्रतिशतले बढेर ८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च १५.८१ प्रतिशतले बढेर ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १९.८६ प्रतिशतले बढेर ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको जगेडा कोषमा ३४ करोड २६ लाख रुपैयाँ सञ्चिति रहेको छ।

प्रतिशेयर सूचकांक हेर्दा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ७.५३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ (Net Worth Per Share) १११.५९ रुपैयाँ पुगेको छ। उक्त वित्तीय सूचकहरूले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको समग्र वित्तीय स्थिति मजबुत बन्दै गएको स्पष्ट देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया