Nepal Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४७.२५% ले वृद्धि, वित्तीय सूचकहरूमा व्यापक सुधार

NMB Bank
  • BFIS News
  • 2025 Aug 17 05:23
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४७.२५% ले वृद्धि, वित्तीय सूचकहरूमा व्यापक सुधार
United Ajod

काठमाडौँ — रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले उल्लेखनीय प्रगति गरेको जनाएको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले नाफासहितका प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गर्न सफल भएको देखिएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड १ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.२५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा ३८ करोड ७२ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, कम्पनीको जीवन बीमा कोषको आकार समेत उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो वर्ष ९ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ रहेको बीमा कोष ३६.४५ प्रतिशतले बढ्दै १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँमा पुगेको छ।

खुद बीमा शुल्क आम्दानीतर्फ पनि कम्पनीले ३१.८२ प्रतिशतको वृद्धि गर्दै ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ पुर्‍याएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ थियो।

कम्पनीले अभिकर्ता व्यवस्थापनमा पनि खर्च बढाएको देखिन्छ। अघिल्लो वर्ष ४८ करोड ५१ लाख रुपैयाँ खर्च गरिएकोमा गत वर्ष १०.१३ प्रतिशत वृद्धि हुँदै ५३ करोड ६२ लाख रुपैयाँ खर्च भएको वित्तीय विवरणमा उल्लेख छ।

वित्तीय सूचकहरूअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १० रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४७ पैसा पुगेको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय व्यवसायिक सुदृढता, सेवा विस्तार र डिजिटल प्रविधिको उपयोगमार्फत प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया