Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको नाफा २४.५७% ले वृद्धि, वित्तीय सूचकहरू थप मजबुत

NMB Bank
  • BFIS News
  • 2025 Aug 17 05:36
एशियन लाइफ इन्स्योरेन्सको नाफा २४.५७% ले वृद्धि, वित्तीय सूचकहरू थप मजबुत
United Ajod

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले वित्तीय सूचकहरू मजबुत बनाउँदै उल्लेखनीय प्रगति हासिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले समीक्षा अवधिमा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३२ करोड ८५ लाख रुपैयाँ नाफाको तुलनामा २४.५७ प्रतिशतले वृद्धि भएको हो।

हाल कम्पनीको महाविपत्ती कोषमा २७ करोड ९६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ८० करोड ५६ लाख रुपैयाँमा पुगेको छ। साथै, कम्पनीले जीवन बीमा कोष पनि उल्लेख्य रूपमा विस्तार गरेको छ। समीक्षावधिमा बीमा कोष १०.५२ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४२ अर्ब ५८ करोड रुपैयाँ थियो।

बीमा शुल्क आर्जनतर्फ पनि कम्पनीले सशक्त वृद्धि गरेको छ। कम्पनीले समीक्षावधिमा ९ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ५ करोड रुपैयाँको तुलनामा १६.८६ प्रतिशतले बढी हो।

समीक्षावधिमा कम्पनीले अभिकर्ता कमिशनबापत ८१ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष सोही शीर्षकमा ७२ करोड ७५ लाख रुपैयाँ खर्च गरिएको थियो।

त्यस्तै, बीमा पोलिसी धितोमा राखी कम्पनीले ५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको चौथो त्रैमासको ४ अर्ब ९१ करोड रुपैयाँभन्दा ४.४४ प्रतिशतले बढी हो।

तीन अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एशियन लाइफको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ र प्रति शेयर नेटवर्थ १३५.०५ रुपैयाँ रहेको छ।

समग्रमा हेर्दा, एशियन लाइफ इन्स्योरेन्स कम्पनी वित्तीय सूचकहरू मजबुत बनाउँदै सुदृढ गति र दिगो वृद्धिका साथ अगाडि बढिरहेको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया