Nepal Life

एलआईसी नेपालको नाफा ३१ करोड ५८ लाख, बीमाकोष र प्रिमियम आर्जनमा वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Aug 17 05:40
एलआईसी नेपालको नाफा ३१ करोड ५८ लाख, बीमाकोष र प्रिमियम आर्जनमा वृद्धि
United Ajod

काठमाडौं, साउन ३० गते। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आर्थिक वर्ष २०७९/८० मा ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आव २०७८/७९ मा कम्पनीले ८२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी कम्पनीको नाफा ६१.९२ प्रतिशतले घटेको हो।

Shikhar
Nepal Life
NIMB

यद्यपि, कम्पनीको जीवन बीमाकोष भने ११.४९ प्रतिशतले वृद्धि भई १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो कोष १ खर्ब १९ अर्ब २२ करोड रुपैयाँमा रहेको थियो।

बीमाशुल्क आर्जनतर्फ पनि सकारात्मक संकेत देखिएको छ। एलआईसी नेपालको खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा करिब १०.१८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम करिब ११ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।

वित्तीय विवरणअनुसार, कम्पनीको कुल आम्दानी अघिल्लो वर्षको २९ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ३२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा कुल खर्च पनि २६ अर्ब ७१ करोड रुपैयाँबाट बढेर २९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

खुद नाफा घटेसँगै एलआईसी नेपालको प्रतिशेयर आम्दानी (EPS) १५.७५ रुपैयाँबाट घटेर ५.७४ रुपैयाँमा झरेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १८७.४७ रुपैयाँमा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कम्पनीको शेयर प्रिमियम ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड ८ लाख रुपैयाँ, तथा जगेडा कोषमा झण्डै ३ अर्ब रुपैयाँ रहेको छ।

एलआईसी नेपालको वित्तीय अवस्थाबाट दीर्घकालीन क्षमता कायम रहेको देखिए पनि नाफा घट्नुले कम्पनीको सञ्चालन प्रभावकारितामा चुनौती देखिएको विश्लेषकहरूले बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया