Nepal Life

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 18 10:45
नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं, भदौ २ गते। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम दिन रहेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशतका दरले हकप्रद शेयर निष्काशनमा ल्याएको हो। अर्थात्, हालका १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरिएको हो। यसअनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा जम्मा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर जारी गरेको छ, जसको कुल रकम ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ हुन्छ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि जेठ ३० गते बुकक्लोज गरेको थियो। त्यसअन्तर्गत, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नाम रहेको शेयरधनीहरुले मात्र सो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले हकप्रद निष्काशनको मूल्याङ्कन गर्दै नेपाल इन्स्योरेन्सलाई ‘आईआरएन ए माइनस’ (IRN A-) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरुले एनआईएमबि एस क्यापिटलको केन्द्रिय तथा शाखा कार्यालय, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तथा CDS & Clearing Ltd. को ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सी-आस्वा सेवामार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँमा पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया