Nepal Life

बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 11:13
बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गरेको छ, जसको कुल मूल्य ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ हुन्छ।

यस प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। सोअनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARENP डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

यस निष्काशनको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

हकप्रद शेयरमार्फत संकलित रकममध्ये करिब १ करोड ५८ लाख रुपैयाँ क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुनर्निर्माण तथा अन्य खर्चका लागि प्रयोग गरिनेछ भने बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनी प्रालिमा लगानी र अधिग्रहणमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया