Nepal Life

साउन महिनामा सेयर बजारबाट २ अर्ब १५ करोड पूँजीगत लाभकर संकलन

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 12:18
साउन महिनामा सेयर बजारबाट २ अर्ब १५ करोड पूँजीगत लाभकर संकलन
United Ajod

काठमाडौं, भदौ ३ । सेयर बजारबाट साउन महिनामा २ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ।

Shikhar
Nepal Life
NIMB

सीडीएस एण्ड क्लियरिङका अनुसार यो संकलन रकम गत वर्षको भदौ महिनापछि एकै महिनामा संकलन भएको सबैभन्दा उच्च पूँजीगत लाभकर हो। गत वर्ष भदौ महिनामा २ अर्ब ५७ करोड रुपैयाँ संकलन भएको थियो।

साउन महिनामा सेयर कारोबारको मात्रा उच्च रहनु र नेप्से परिसूचक ऐतिहासिक उचाइमा पुग्नु मुख्य कारण भएको बताइएको छ। साउन १३ गते नेप्से परिसूचक ३,००२ अंकसम्म पुगेकोमा हाल २,७७० अंकमा झरेको छ।

गत वर्ष साउन महिनामा ४ अर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो, जुन हालसम्मकै उच्च हो।

यस्तै, गत आर्थिक वर्षभरमा सेयर बजारबाट १६ अर्ब ५४ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो। सेयर कारोबार गर्दा एक वर्षभन्दा कम अवधिमा होल्ड गरेर बेचेको अवस्थामा नाफाको ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिसम्म होल्ड गरेर बेचेको अवस्थामा नाफाको ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने प्रावधान छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया