Nepal Life

शिखर इन्स्योरेन्सद्धारा सामाजिक उत्तदरायित्व अन्तर्गत दृष्टिबिहीन बालबालिकाहरूको लागि वाद्ययन्त्रहरू प्रदान

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 15:33
शिखर इन्स्योरेन्सद्धारा सामाजिक उत्तदरायित्व अन्तर्गत दृष्टिबिहीन बालबालिकाहरूको लागि वाद्ययन्त्रहरू प्रदान
United Ajod

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपालको इतिहास बोकेको प्रतिष्ठित शैक्षिक संस्था त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, वीरगञ्ज, पर्सा मा अध्ययनरत दृष्टिबिहीन बालबालिकाहरूको लागि संगीत वाद्ययन्त्रहरू प्रदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस कार्यक्रममा कम्पनीको मार्केटिङ विभागमा कार्यरत कर्मचारी धीरज साह र गुलशन वर्माले शिखर इन्स्योरेन्सको तर्फबाट प्रतिनिधित्व गरेको प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले जानकारी दिए। 

विद्यालयको तर्फबाट प्रिन्सिपल नविन मिश्र, सह–प्रिन्सिपल बिनोद स्वर्णकार, दृष्टिबिहीन शिक्षक महेश साह तथा अन्य विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले नयाँ संगीत वाद्ययन्त्र पाएर अत्यन्तै खुशी व्यक्त गरे र शिखर इन्स्योरेन्सलाई हार्दिक धन्यवाद दिएका थिए। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्न अनुरोध गरेका थिए।

मधेश प्रदेशमा शिखर इन्स्योरेन्सले सबै वर्गलाई लक्षित गरी विभिन्न सीएसआर कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ। कम्पनी व्यवसायमा जसरी अग्रणी छ, त्यसैगरी सामाजिक उत्तरदायित्वतर्फ पनि समान रूपमा सजग र प्रतिबद्ध रहदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया