Nepal Life

बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखमा प्रीति देव

NMB Bank
  • BFIS News
  • 2025 Aug 20 05:21
बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखमा प्रीति देव
United Ajod

काठमाडौं। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी उपनिर्देशक प्रीति देवले प्राप्त गरेकी छिन्। उनले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन्।

Shikhar
Nepal Life
NIMB

कोशी प्रदेश कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनलाई सम्मानपूर्वक स्वागत गरिएको थियो। पदभार ग्रहण समारोहमा कर्मचारी, सरोकारवाला निकाय तथा बीमा क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उपनिर्देशक देवको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, उपस्थित सबैले उनको नेतृत्वमा बीमा क्षेत्रको थप विकास, प्रभावकारी नियमन, तथा सरोकारवालासँगको सहकार्यमा नयाँ उचाइहरू हासिल हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले आगामी दिनहरूमा बीमा सचेतना अभिवृद्धि, सेवा विस्तार तथा नियमनात्मक दक्षता वृद्धिमा अझ प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया