Nepal Life

जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि भदौ १९ गतेसम्म लम्बियो

NMB Bank
  • BFIS News
  • 2025 Aug 20 08:55
जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि भदौ १९ गतेसम्म लम्बियो
United Ajod

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएको छ।

Shikhar
Nepal Life
NIMB

अब लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने भएका छन्।

कम्पनीले कायम १ कित्ता शेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन हुँदैछ, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर हुन्छ।

यसअघि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। सोही आधारमा असार ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन्।

हकप्रद निष्काशन प्रयोजनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP Single B Issuer Rating प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस हकप्रद निष्काशनको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, कम्पनीको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर प्रणालीमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

हकप्रदमार्फत संकलन हुने रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न र संस्थापक विरेन्द्र बहादुर न्यौपानेबाट लिएको सापटी फिर्ता गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया