Nepal Life

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा विशेष सवारी कर्जा योजना सार्वजनिक, आकर्षक ६.२९% ब्याजदरमा उपलब्ध

NMB Bank
  • BFIS News
  • 2025 Aug 20 22:07
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा विशेष सवारी कर्जा योजना सार्वजनिक, आकर्षक ६.२९% ब्याजदरमा उपलब्ध
United Ajod

काठमाडौं, भदौ ४ गते। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले ६.२९% ब्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकको भदौ २०८२ को आधार दर ५.७९% मा ०.५% थप गरी यो आकर्षक ब्याजदर तोकिएको हो।

Shikhar
Nepal Life
NIMB

बडादशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वहरूलाई ध्यानमा राखेर सार्वजनिक गरिएको यो योजना सीमित समयका लागि मात्र उपलब्ध हुनेछ। उत्सवको अवसरमा नयाँ सवारी साधन किन्ने चाहना राख्ने ग्राहकहरूलाई सहायता गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ।

यो योजना देशभर रहेका बैंकका कुनै पनि शाखाबाट प्राप्त गर्न सकिनेछ। हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका देशभर २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम तथा ६० वटा शाखारहित बैंकिङ सेवा केन्द्रहरू सञ्चालनमा छन्। बैंकले आधुनिक बैंकिङ सेवा विस्तार गर्दै ग्राहकहरूको सेवामा समर्पित रहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया