Nepal Life

शिखर इन्स्योरेन्सले सुरु गर्‍यो नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’

NMB Bank
  • BFIS News
  • 2025 Aug 21 04:51
शिखर इन्स्योरेन्सले सुरु गर्‍यो नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’
United Ajod

काठमाडौं, भाद्र ४ गते। शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को औपचारिक शुभारम्भ गरेको छ। मेडिसिटी अस्पतालमा आयोजित विशेष कार्यक्रममा यस योजनाको उद्घाटन गरिएको कम्पनीले जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

उक्त योजनाअन्तर्गत व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यलाई स्वास्थ्य बीमा गर्न सकिने सुविधा प्रदान गरिएको छ। पछिल्ला दिनमा बढ्दो उपचार खर्चलाई ध्यानमा राख्दै, यस योजनाले अधिकतम रु. २० लाखसम्मको बीमा सुविधा उपलब्ध गराउनेछ। शिखर इन्स्योरेन्सले यो योजना नेपाली बजारमा स्वास्थ्य बीमाको क्षेत्रमा एक नयाँ र भरपर्दो विकल्प बन्ने विश्वास व्यक्त गरेको छ।

नगदरहित सेवा र बाह्य उपचार खर्चमा समेत सुविधा

शिखर स्वास्थ्य सुरक्षा अन्तर्गत नेपालभरका प्रतिष्ठित अस्पतालहरूमा नगदरहित (cashless) सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ। बीमितले अस्पतालमा सेवा लिँदा सिधै उपचार पाउन सक्नेछन् भने त्यसको भुक्तानी बीमा कम्पनीले गर्नेछ। साथै, बीमा रकमको १० प्रतिशत (अधिकतम १ लाख रुपैयाँसम्म) बाह्य उपचार (OPD) खर्चमा समेत दाबी गर्न सकिने सुविधा पनि यस योजनामा समावेश गरिएको छ।

पूर्व र पश्च उपचार खर्चमा पनि कभर

उक्त योजनाले अस्पताल भर्नापूर्व ३० दिन र भर्नापछि ६० दिनसम्मको खर्च पनि बीमा कभरमा समेटेको छ। यसका साथै, १५० भन्दा बढी डे–केयर उपचार तथा नवजात शिशुको उपचार खर्च समेत यो योजनाले समेट्नेछ।

दीर्घकालीन लाभ र नो क्लेम बोनस

बीमितले यदि बीमा अवधिभर कुनै दाबी नगरेको खण्डमा, बीमा नविकरण गर्दा “नो क्लेम बोनस” प्राप्त गर्ने सुविधा पनि योजना अन्तर्गत दिइनेछ। यसले दीर्घकालीन रूपमा बीमितलाई थप लाभ दिने कम्पनीले जनाएको छ।

नेपाली र विदेशी नागरिकलाई लक्षित योजना

शिखर इन्स्योरेन्सले यो योजना नेपालमा बसोबास गर्ने नेपाली नागरिकहरू मात्र नभई विदेशी नागरिकहरूलाई पनि लक्षित गरी ल्याएको हो। कम्पनीले यस योजनालाई झन्झटमुक्त, दीर्घकालीन लाभ दिने र सबै वर्गलाई समेट्ने स्वास्थ्य सुरक्षा योजनाका रूपमा अघि सारेको बताएको छ।

शिखर इन्स्योरेन्सको ‘शिखर स्वास्थ्य सुरक्षा’ योजना नेपाली बीमा बजारमा स्वस्थ जीवनयापनतर्फको एउटा नयाँ कदमको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया