Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लैनचौर युवा क्लबलाई सीसीटीभी क्यामेरा हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2025 Aug 21 04:55
आइएमई लाइफ इन्स्योरेन्सद्वारा लैनचौर युवा क्लबलाई सीसीटीभी क्यामेरा हस्तान्तरण
United Ajod

काठमाडौं, भदौ ५। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा लैनचौर युवा क्लबलाई सीसीटीभी क्यामेरा हस्तान्तरण गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सामुदायिक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउने उद्देश्यले क्लबलाई क्यामेरा प्रदान गरिएको जानकारी दिएको छ। उक्त कार्यक्रम क्लबको कार्यालयमा सम्पन्न भएको थियो, जसमा कम्पनीका प्रतिनिधिहरू, क्लबका पदाधिकारी, स्थानीय बासिन्दा तथा प्रहरी प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कम्पनीले यो पहललाई सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको कार्यको रूपमा प्रस्तुत गर्दै, आगामी दिनहरूमा पनि यस्ता कार्यहरूमा संलग्न हुने प्रतिबद्धता जनाएको छ।

कम्पनीको अनुसार, सीसीटीभी क्यामेराको प्रयोगले लैनचौर क्षेत्रको सार्वजनिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया