Nepal Life

रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयर भदौ २३ गतेदेखि बिक्री खुला हुने, एक कित्ता बराबर एक कित्ता भर्न पाउने

NMB Bank
  • BFIS News
  • 2025 Aug 21 11:44
रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयर भदौ २३ गतेदेखि बिक्री खुला हुने, एक कित्ता बराबर एक कित्ता भर्न पाउने
United Ajod

काठमाडौं, भदौ ५ – रिभर फल्स पावर लिमिटेडले आगामी भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यस अनुसार कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१:१) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कुल ७० लाख कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिनेछ, जसअनुसार कुल रकम ७० करोड रुपैयाँ बराबर हुनेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरेको थियो। यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरी कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म हुनेछ।

कम्पनीको हकप्रद शेयर निष्काशनको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘CARE-NP BB- (डबल बी माइनस)’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा CDSC को 'मेरो शेयर' अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी दोब्बर भई १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयर निष्काशनबाट संकलित रकम डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी तथा अन्य काबु बाहिरका कारणले आयोजना लागतमा भएको वृद्धि र बैंक ऋण थपिएकाले उक्त ऋणको भार घटाउन प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया