Nepal Life

नेप्सेले गर्ने भयो 'भिजिट नेप्से कार्यक्रम', पूँजी बजार सम्बन्धी सचेतना अभिवृद्धिको पहल

NMB Bank
  • BFIS News
  • 2025 Aug 22 05:21
नेप्सेले गर्ने भयो 'भिजिट नेप्से कार्यक्रम', पूँजी बजार सम्बन्धी सचेतना अभिवृद्धिको पहल
United Ajod

काठमाडौं — पूँजी बजार सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘भिजिट नेप्से कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। नेप्सेले एक सार्वजनिक सूचना जारी गर्दै कार्यक्रमको जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रम अन्तर्गत स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूका साथै आम जनतालाई लक्षित गरी पूँजी बजारका निकायहरू, प्रणालीहरू तथा कारोबार प्रक्रिया सम्बन्धी जानकारी प्रदान गरिने नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार ‘भिजिट नेप्से कार्यक्रम’ पूर्ण रूपमा निःशुल्क हुनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक शिक्षण संस्थाहरूले आफ्नो नाम, ठेगाना तथा सहभागी विद्यार्थीहरूको सङ्ख्या सहित नेप्सेको कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

दोस्रो बजारका विषयमा आम सर्वसाधारणलाई जानकारी प्राप्त गराउँदा पूँजी बजारमा सक्रिय सहभागिता बढ्ने र कारोबार प्रणालीप्रति विश्वास अभिवृद्धि हुने नेप्सेको विश्वास छ। यस कार्यक्रममार्फत प्रत्यक्ष अन्तरक्रिया हुने भएकाले पूँजी बजारसम्बन्धी चेतना अझ प्रभावकारी रूपमा फैलिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया