Nepal Life

माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 10:07
माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न
United Ajod

काठमाडौं, भदौ ८ । माबिलुङ्ग इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आइतबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा २२ लाख ५ हजार ८७१ आवेदकले २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन मान्य भएका थिए भने ८ हजार २८९ आवेदन रद्द भएका थिए।

मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो। यसअनुसार १ लाख २४ हजार ८९० आवेदकले प्रत्येकी १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी ४ कित्ता शेयर सोही समूहभित्रका ४ जना लगानीकर्तालाई थप एक–एक कित्ता वितरण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया