Nepal Life

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि आज अन्तिम कारोवार दिने दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 10:21
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरका लागि आज अन्तिम कारोवार दिने दिन
United Ajod

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को हकप्रद शेयरका लागि योग्य हुन आज (भदौ ८ गते) नेप्सेमा अन्तिम कारोबार दिन रहेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले हालको सेयरधनीलाई लक्षित गर्दै १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। यसअन्तर्गत २६ करोड २४ लाख रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता (१:१ अनुपातमा) हकप्रद शेयर जारी गरिनेछ।

बैंकको हालको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर जारीपश्चात चुक्ता पूँजी ५२ करोड ४९ लाख रुपैयाँ पुग्नेछ।

उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

यसका लागि पुस्तक बन्द मिति भदौ ९ गते निर्धारण गरिएको छ। सो मितिभन्दा अगाडि सेयर किन्ने लगानीकर्ताले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया