Nepal Life

तेह्रथुम पावरको अवितरित हकप्रद शेयर लिलाम खुला, कट–अफ मूल्य कति?

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 10:26
तेह्रथुम पावरको अवितरित हकप्रद शेयर लिलाम खुला, कट–अफ मूल्य कति?
United Ajod

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले अवितरित हकप्रद शेयरको लिलामी बोलपत्र आज (भदौ ६ गते) सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

उक्त लिलामीको प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। बिहान १०:०० बजेदेखि काठमाडौं, नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बोलपत्रहरू खोलीएको हो।

कम्पनीले असार १६ गतेदेखि श्रावण ११ गतेसम्म हकप्रद शेयर निष्काशन गरेको थियो। त्यस अवधिमा बिक्री नभएका ४ लाख १८ हजार ७३८ कित्ता साधारण हकप्रद शेयरलाई साउन २७ गतेदेखि भदौ ३ गतेसम्म लिलाममा ल्याइएको थियो। व्यक्ती तथा संस्थागत लगानीकर्ताले यसमा बोलपत्र पेस गर्न पाएका थिए।

लिलामीमा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको थियो। न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने र अधिकतम संख्यामा भने सीमा नराखिएको व्यवस्था गरिएको थियो।

नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार साधारण हकप्रद शेयरका लागि १,२३९ आवेदन प्राप्त भएका छन्। प्रारम्भिक रुपमा लिलामीको कट–अफ मूल्य प्रतिकित्ता ३२६ रुपैयाँ रहेको अनुमान गरिएको छ। तर सबै चेक मिलान तथा भुक्तानी प्रक्रिया पूरा भएपछि उक्त मूल्यमा परिवर्तन आउन सक्ने जनाइएको छ।

तेह्रथुम पावरको सेयर नेप्सेमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६६.९६ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया