Nepal Life

अन्तिम १५ मिनेटको गणना विधिविरुद्ध लगानीकर्ताको विरोध, नेप्सेले भन्यो– 'यो त लगानीकर्ताको हितमै'

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 12:17
अन्तिम १५ मिनेटको गणना विधिविरुद्ध लगानीकर्ताको विरोध, नेप्सेले भन्यो– 'यो त लगानीकर्ताको हितमै'
United Ajod

काठमाडौं । शेयर बजारमा लागू गरिएको अन्तिम १५ मिनेटको भारित औसत गणना विधिविरुद्ध लगानीकर्ताले आपत्ति जनाउँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालयमा धएका छन्।

Shikhar
Nepal Life
NIMB

लगानीकर्ताहरूले उक्त विधिले बजारलाई अस्वाभाविक रुपमा प्रभावित पारेको दाबी गर्दै यो उपाय केही सीमित पक्षको हितमा मात्रै लागू गरिएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, अन्तिम १५ मिनेटको गणना विधिले बजार मनोविज्ञान मात्र बिगारेको छैन, टेक्निकल एनालाइसिस चार्टसमेत विकृत बनाएको छ।

तर, नेप्सेले भने उक्त प्रणालीले लगानीकर्ताले गर्न सक्ने खरिद–बिक्री मूल्यमा कुनै असर नपर्ने स्पष्ट गरेको छ। नेप्सेका अनुसार लगानीकर्ताले आफूले चाहेको मूल्यमै कारोबार गर्न सक्नेछन्। यसले बजारमा कृत्रिम उतारचढाव ल्याई मूल्य निर्धारण गर्न खोज्ने अभ्यासलाई नियन्त्रण गरेको र यसरी लागू गरिएको गणना विधि व्यापक रूपमा सामान्य लगानीकर्ताको हितमा रहेको नेप्सेले दाबी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया