Nepal Life

११० देशसँग नेपालको वैदेशिक व्यापार, अधिकांश मुलुकसँग घाटा

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 12:22
११० देशसँग नेपालको वैदेशिक व्यापार, अधिकांश मुलुकसँग घाटा
United Ajod

काठमाडौं । नेपालले ११० भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा अधिकांश मुलुकसँगको व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

Shikhar
Nepal Life
NIMB

साउन महिनामा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा १९ अर्ब ४५ करोड २० लाख रुपैयाँ मात्र निर्यात भएको छ। यसरी भारतसँगको व्यापार घाटा ६४ अर्ब ८ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको आयात र पाँच करोड ४८ लाख रुपैयाँ मात्र निर्यात हुँदा २७ अर्ब ९४ करोड १२ लाख घाटा भएको छ।

त्यसैगरी, युएईसँगको व्यापारमा नेपालले २० अर्ब ४० करोड बराबरको आयात र २० करोड २६ लाख बराबरको निर्यात गर्दा १८ अर्ब ३८ करोड घाटा व्यहोरेको छ। थाइल्याण्डसँग ११ अर्ब २२ करोड आयात र १५ करोड निर्यात हुँदा ११ अर्ब २० करोड घाटा देखिएको छ।

अर्जेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात र २४ लाख बराबरको मात्र निर्यात हुँदा करिब ९ अर्ब १२ करोड घाटा भएको छ। त्यस्तै, अष्ट्रेलियासँग ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख निर्यात हुँदा ५० करोडभन्दा बढी घाटा भएको छ। बंगलादेशसँग ५३ करोड ५८ लाखको आयात र सात करोड ५१ लाखको निर्यात हुँदा ४६ करोड सात लाख घाटा भएको छ।

बहराइनसँग पनि नेपालको व्यापार घाटामै छ। बहराइनबाट १७ करोड ७७ लाख बराबरको आयात हुँदा निर्यात शून्य भएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार गरेको छ। यस अवधिमा एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको छ। यसरी कुल व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ पुगेको विभागले जनाएको छ।

गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस वर्ष आयात ११.४२ प्रतिशतले र निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग भने नेपालले नाफाको व्यापार गरेको विभागको तथ्यांकमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया