Nepal Life

राष्ट्र बैंक लघु बित्त प्रति नरम: लाभांशमा थप खुकुलो, २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 22:18
राष्ट्र बैंक लघु बित्त प्रति नरम: लाभांशमा थप खुकुलो, २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंक लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा थप नरम देखिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार यस वर्ष लघुवित्त वित्तीय संस्थाले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने भएका छन्। यस सर्कुलर अनुसार १५ प्रतिशतसम्म निष्कृय कर्जा अनुपात भएका वित्तीय संस्थाहरुले समेत लाभांश वितरण गर्न सक्ने व्यवस्था बनाएको छ।

Shikhar
Nepal Life
NIMB

यस सँगै विभिन्न सञ्चार माध्यमले केहि समय अगाडी सार्वजनिक गरेका कपोलकल्पित समाचारहरु भ्रममा सिमित भएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लाभांश वितरणमा लगाएको सिमालाई नखोल्ने भन्ने खालका समाचार सार्वजनिक हुँदा शेयर बजारमै प्रभावित पारेको छ।

जवकी गभर्नर डा. प्रा. विश्वनाथ पौडेलले मौद्रिक नीतिमै लघुवित्तको लाभांश वितरणमा खुकुलो नीति लिने संकेत देखाइसकेका थिए। सोहि अनुसार आज सर्कुलर जारी गर्दै  निष्कृय कर्जाको अनुपात अनुसार लाभांश वितरण गर्न पाउने आधारहरु तय गरिदिएको हो। जस अनुसार लाभांश वितरण पछिको पूँजीकोष अनुपात लाभांश वितरण पछि ८ प्रतिशतदेखि १२ प्रतिशतसम्म हुनुपर्नेछ।

इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा/वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानेर लाभांश वितरणका आधारहरु तयार पारेको छ।

तर, यस बुँदामा जुनसुकै कुरा उल्लेख भएतापनि पुँजीकोष र निष्कृय कर्जाबाहेक अन्य आधार समेत लिनुपर्ने देखिएमा यस बैंकले उल्लिखित तालिकामा तोकिएको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृति प्रदान गर्न सक्नेछ ।

लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ । साथै १५ प्रतिशत भन्दा बढी निष्कृय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरुले लाभांश वितरण गर्न सक्ने छैनन् ।

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १/०८१ को बुँदा नं. १२ बमोजिम चुक्ता पुँजी कायम गर्न नसकेको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको हकमा बोनस शेयर प्रदान गर्न कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण प्रस्ताव गर्न पाइने छैन ।

खुद्रा कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई देहायबमोजिमको कर्जा सीमा कायम गरिएको छ । (घ) वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई धितो लिई वा नलिई उपलब्ध गराएको प्रतिव्यक्ति रु. तीन लाखसम्म तथा महिलाहरुको हकमा रु. पाँच लाखसम्मको कर्जा ।

यस अगाडी वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया