Nepal Life

पुष्प–चन्द्र ट्रष्टद्वारा शैक्षिक तथा सेवामूलक कार्यक्रम सम्पन्न, ट्रष्ट संस्थापक आमाको सेवा पथलाई छोराछोरीबाट निरन्तरता

NMB Bank
  • BFIS News
  • 2025 Aug 25 10:42
पुष्प–चन्द्र ट्रष्टद्वारा शैक्षिक तथा सेवामूलक कार्यक्रम सम्पन्न, ट्रष्ट संस्थापक आमाको सेवा पथलाई छोराछोरीबाट निरन्तरता
United Ajod

स्याङ्जा/काठमाडौं, भदौ ८ । पुष्प–चन्द्र ट्रष्टकी संस्थापक, ममतामयी आमा स्व. चन्द्रलक्ष्मी श्रेष्ठको दोस्रो पुण्य स्मृतिको अवसरमा ट्रष्ट परिवारले शैक्षिक र सेवामूलक कार्यक्रम सम्पन्न गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस पवित्र अवसरमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४, मड्किनास्थित दुर्गा आधारभूत विद्यालयमा अध्ययनरत ४३ विद्यार्थीलाई शैक्षिक सामग्री (नोटबुक, पेन, पेन्सिल, इरेजर, कलर पेन आदि) वितरण गरिएको छ। सहभागीमध्ये १७ जना दलित, २४ जना आदिवासी जनजाति (मगर समुदाय) र २ जना ब्राह्मण/खस आर्य समुदायका थिए। साथै विद्यालयलाई शिक्षण सामग्री र खेलकुदका इनडोर–आउटडोर सामग्री हस्तान्तरण गरिएको हो।

विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामग्री सहयोग कार्यक्रम (Students Support Program – SSP 2082) अन्तर्गत भएको यो चौथो कार्यक्रम हो। यस कार्यक्रमको मूल ध्येय “Happy Students, Creative Students – खुशी विद्यार्थी, सिर्जनात्मक विद्यार्थी” र “वर्ष २०८२ – नानीबाबुको मुहारमा खुशी” भन्ने नारामा केन्द्रित छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद पाण्डेले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथि ट्रष्ट अध्यक्ष महेन्द्र मान व्यथित, विशिष्ट अतिथि संस्थापकद्वय अमृत मान श्रेष्ठ र योगेन्द्र मान श्रेष्ठ रहेका थिए। साथै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, समाजसेवी, अभिभावक, शिक्षक र ट्रष्ट पदाधिकारीसहित करिब एक सयभन्दा बढीको सहभागिता थियो। विद्यालय प्र.अ. हुमकला बिकको कुशल सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यसै दिन ट्रष्टले काठमाडौं गोंगबुस्थित हिमालय वृद्धाश्रममा आश्रित ६३ जना ज्येष्ठ नागरिकका लागि खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गरी सेवामा समर्पित भएको छ।

आमाको सेवा पथ र परिवारको निरन्तरता

पुष्प–चन्द्र ट्रष्टको सेवामूलक गतिविधि संस्थापक आमाको जीवन मूल्य र सेवा पथसँग गाँसिएको छ। स्व. चन्द्रलक्ष्मी श्रेष्ठले समाजप्रति देखाउनुभएको माया, सेवा र त्यागलाई उहाँका छोराछोरी तथा परिवारले निरन्तरता दिँदै आएका छन्। यहाँका कार्यक्रमहरू परिवारकै योगदान र आफ्नै कमाइको अंशबाट सञ्चालन हुँदै आएका छन्।

यस कार्यले विद्यार्थी, विद्यालय र वृद्धाश्रममा आश्रित आमाबुबा जस्ता प्रत्यक्ष लाभग्राहीमा शिक्षा, प्रेरणा र खुशीको प्रभाव पुर्‍याउँदै आएको छ।

कार्यक्रममा ट्रष्टकी संस्थापक आमाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपस्थित अतिथिहरूले ट्रष्टको शैक्षिक अभियान र सेवामूलक योगदानको प्रशंसा गरे। निरन्तरता रहिरहने यस्ता कार्यले स्थानीय समुदायमा सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ। पुष्प–चन्द्र ट्रष्ट परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति हार्दिक आभार व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया