Nepal Life

प्री-आइपिओको नाममा सामाजिक सञ्जालमार्फत अनाधिकृत शेयर निष्कासन नगर्न बोर्डको निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 Aug 25 18:48
प्री-आइपिओको नाममा सामाजिक सञ्जालमार्फत अनाधिकृत शेयर निष्कासन नगर्न बोर्डको निर्देशन
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्रि-आइपिओ (Pre-IPO) को नाममा विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत रुपमा सार्वजनिक शेयर निष्काशन नगर्न स्पष्ट निर्देशन दिएको छ। हाल विभिन्न संगठित संस्थाहरुले आफ्नो शेयरहरू सार्वजनिक निष्काशनको तयारी भइरहेको भन्दै सामाजिक सञ्जाल जस्तै ह्वाट्सएप, भाइबर, फेसबुक समूहहरू, ईमेल तथा एसएमएसमार्फत सर्वसाधारणलाई शेयर खरिदका लागि प्रस्ताव गर्दै अनधिकृत रुपमा रकम संकलन गरिरहेको गुनासो बोर्डमा परेका छन्। यस्तो गम्भीर गुनासो प्राप्त भएपछि बोर्डले यसप्रति ध्यानाकर्षण गर्दै तत्काल यस्तो कार्य रोकिनु पर्नेमा जोड दिएको हो।

Shikhar
Nepal Life
NIMB

बोर्डले स्पष्ट पारेको छ कि वर्तमान कानूनमा प्रि-आइपिओ सम्बन्धी कुनै व्यवस्था छैन। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) अनुसार यदि कुनै संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्न चाहन्छ भने त्यसका लागि सार्वजनिक निष्काशन अनिवार्य गरिएको छ। यस सन्दर्भमा बोर्डले अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा शेयर खरिद-बिक्री नगर्न र नगराउन सबैलाई सूचित गरेको छ। यस्ता अनधिकृत क्रियाकलापहरू कानूनविपरीत भएकाले दण्डनीय हुने प्रष्ट पार्दै, बोर्डले सम्पूर्ण लगानीकर्तालाई सजग रहन र यस्ता कार्यमा सहभागी नहुन अनुरोधसमेत गरेको छ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे हाल खुलेआम प्रि-आइपिओको नाममा प्रिमियम मूल्यमा बजारबाट अनधिकृत रुपमा पैसा उठाइरहेको बताएका छन्। उनले यस्ता प्रक्रियालाई तत्काल रोक्न संघले बारम्बार माग गरिरहेको जानकारी दिएका छन्। सेयर कारोबार कानूनी र विधिसम्मत ढंगले मात्र हुनुपर्ने भन्दै पाण्डेले अवैधानिक प्रक्रियाबाट हुने सेयर खरिद-बिक्रीका गतिविधिहरू तुरुन्त रोक्न आग्रह गरेका छन्।

पौडेलका अनुसार सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको यस्ता क्रियाकलापले ठूलो परिमाणमा राज्यको राजस्व गुमिरहेको छ। यसबारेमा संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको र बोर्डले संघको मागको सम्बोधन गर्दै यस्तो निर्देशन जारी गरेको जानकारी पनि पाण्डेले दिएका छन्।

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले पनि बोर्डको निर्देशनलाई स्वागत गरेका छन्। लगानीकर्ताहरुले यस विषयमा विगत लामो समयदेखि विरोध जनाउदै तत्काल रोक्न अनुरोध गर्दै आइरहेका थिए। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया