Nepal Life

७ दिनभित्र बरबुझारथ गर्न बीमा अभिकर्ता संघ नेपाल लाइफको राजेन्द्र अमात्यलाई अल्टिमेटम

NMB Bank
  • BFIS News
  • 2025 Aug 26 11:31
७ दिनभित्र बरबुझारथ गर्न बीमा अभिकर्ता संघ नेपाल लाइफको राजेन्द्र अमात्यलाई अल्टिमेटम
United Ajod

काठमाडौं, भदौ १०। पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफले निवर्तमान अध्यक्ष राजेन्द्र अमात्यसहितका पदाधिकारीहरूलाई ७ दिनभित्र बरबुझारथ गर्न अल्टिमेटम दिएको छ। संघले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै अमात्यसँगै कृष्णप्रसाद आचार्य, ऋषिराम भुषाल, सञ्चयकुमार ढकाल, तेजप्रसाद तिवारी र सैलेन्द्र दाहालको नाम उल्लेख गर्दै सार्वजनिक रूपमा सूचना जारी गरेको हो।

Shikhar
Nepal Life
NIMB

बीमक समिति नेपाल लाइफको विशेष अधिवेशन २०८० पुस २१ र २२ गते सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको थियो। नयाँ समितिले जानकारी गराएअनुसार २०७२ असोज २२ र २३ गते सम्पन्न बुटवल राष्ट्रिय अधिवेशनपछि समितिको जिन्सी तथा आर्थिक कारोवारहरूमा उक्त निवर्तमान पदाधिकारीहरूको संलग्नता देखिएको छ।

तर, नयाँ कार्यसमिति गठन भएपश्चात् संस्थाको आर्थिक तथा भौतिक सम्पत्ति नयाँ समितिलाई हस्तान्तरण गर्न पटक-पटक मौखिक, विद्युतीय र लिखित माध्यमबाट अनुरोध गर्दा पनि निवर्तमान समितिले बेवास्ता गरेको जनाइएको छ। यसअघि गरेका सबै प्रयास विफल भएपछि संघले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्नु परेको प्रष्ट पारेको छ।

गोरखापत्रमा आइतबार, मिति २०८२ भदौ ९ गते प्रकाशित सूचनाअनुसार, एक बीमा कम्पनीमा कार्यरत केही अभिकर्ताहरूले संस्थाको करोडौं रुपैयाँ हिनामिना गरी गैरजिम्मेवार कार्य गरेको खुलासा भएको छ। यस्ता ठगी प्रवृत्तिबाट सचेत रहनसमेत बीम समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सबै सरोकारवालाहरूलाई अनुरोध गरेका छन्।

संघका महासचिव ओमबहादुर खत्रीका अनुसार, यदि सूचनाको प्रकाशन मितिबाट ७ (सात) दिनभित्र सम्बन्धित पदाधिकारीहरूले समितिको जिम्मा, जिन्सी तथा आर्थिक सम्पत्ति बरबुझारथ नगरेमा प्रचलित कानूनअनुसार कानुनी कारबाही अघि बढाइने छ।

त्यसैगरी, निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई काम गर्न समेत निरन्तर अवरोध गर्दै आएको, कहिले मुद्दा दायर गरेर त कहिले पूर्ण असहयोग गर्दै संस्थाको नियमित कार्यतालिका प्रभावित पार्ने गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया