Nepal Life

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड : १९ हजार ५१९ जना मात्र भाग्यमानी, २४ लाखभन्दा बढीका हात खाली

NMB Bank
  • BFIS News
  • 2025 Aug 28 10:41
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड : १९ हजार ५१९ जना मात्र भाग्यमानी, २४ लाखभन्दा बढीका हात खाली
United Ajod

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज (बिहीबार) बाँडफाँड गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा १ लाख ९५ हजार १९५ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

कुल २४ लाख ४० हजार ४६० जनाले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २ हजार ३०० जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ।

रीतपूर्वक आवेदन दिने २४ लाख ३६ हजार ३९३ जनामध्ये १९ हजार ५१९ जनाले मात्र १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी करिब २४ लाख आवेदकको हात भने खाली भएको छ।

१० कित्ता भन्दा बढीका लागि आवेदन दिने मध्ये थप ५ जनाले १/१ कित्ताका दरले ११ कित्तासम्म शेयर पाएका छन्।

कम्पनीले आईपीओ बाँडफाँड भर्खरै सम्पन्न गरेकोले नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने जानकारी दिएको छ।

नतिजा सार्वजनिक भएपछि तल उल्लेखित तीन माध्यममार्फत हेर्न सकिन्छः

मेरो शेयरको वेबसाइट: हेर्न यहाँ किल्क गर्नुहोस्  

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको वेबसाइटबाट हेर्न यहाँ क्लिक गर्नुहोस्

मेरो शेयर एपबाट हेर्न यहाँ क्लिक गर्नुहोस् 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया